जाडोयाम सुरु भएसँगै हिमाली तथा उच्च पहाडी भेगका भेडीगोठ न्यानो स्थान खोजीमा बेसी सार्न थालिएको छ। बाजुराका उच्च पहाडी क्षेत्रका भेडी गोठ चिसो बढ्न थालेसँगै रित्तिन थालेका हुन्।
तल्लो भेगका खर्क र बेसीका भेडी गोठमा चहलपहल बढेको छ। बाजुराको बडीमालिका, त्रिवेणी पाटन, कलाजाग्रा, बुढीनन्दा पाटन, पोरखे, गौमुल पाटन, बथान लेख लगायतका उच्च लेकाली क्षेत्रमा चरनका लागि लगिएका भेडाहरूलाई बस्ती नजिकै न्यानो क्षेत्रमा झारिएका छन्।
बाजुराका लेकाली क्षेत्रमा पालिएका र चरिचरनका लागि जिल्ला बाहिरबाट भेडा च्याङ्ग्रा गम्रीमा लेक तथा जाडोमा बेसी झार्ने गरिन्छ। यहाँका भेडा पालक किसानहरूले घुम्ती गोठ बनाएर सिजन अनुसार सार्ने गर्दछन्। भने चरनका लागि बाहिरबाट आएका भेडीगोठ चिसो छल्न तातो स्थानमा जाने गर्दछन्।
यो वर्ष लेकाली क्षेत्रमा अत्यधिक चसो बढ्नुको साथै हिमपात सुरु भएपछि भेडालाई बेसीतिर ओरालिएको भेडापालक हिमालीगाउँपालिका १ विच्छ्याका छिरिङ भोटेले बताएका छन्। अहिले बेसी झारिएका भेडालाई बैशाख महिना लागेपछि मात्र लेकाली क्षेत्रमा फकाईने उनको भनाइ छ।
चिसो छल्न बेसी झारेपनि भेडालाई चरनको समस्या रहेको भेडा पालक किसानको गुनासो छ। सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रमा चरिचरनलाई रोक लगाएपछि झन समस्या उत्पन्न भएको उनीहरूको भनाइ छ।
लेकाली क्षेत्रमा चरनको समस्यानभएको र बेसीका चरन क्षेत्रमा चरनको अभावभएकाले भेडा पाल्ने किसानको सङ्ख्या समेत कमहुँदै गएको छ। जाडो बढ्न थालेपछि भेडीगोठ बेसी तिर झार्छन्, गर्मी सुरु भएपछि फेरि लेकतिर लिने गर्दछन् ।
जोडोले पशु चौपायालाई मात्रनभएर मानिसको स्वास्थ्यमा समेत समस्या हुने भएकाले बेसी झार्नु पर्ने बाध्यता रहेको छ। हिमाली भेगमा हिमपात सुरु भएसँगै जोडो बढेपछि गाउँमा बस्न नसकिने भएपछि सबै गाउँका स्थानीय बालबालिका तथा पशुचौपाय साथमा लिएर बेसीतिर झरेको छिरिङ भोटेले बताएका छन् ।
हिमाली भेगमा बसोबास गर्दै आएका स्थानीय समेत बेसीं झर्न थालेका छन्। प्रत्येक वर्ष हिमाली भेगका बासिन्दा हिउँदे खेती लगाएर मंसिरको अन्तिमतिर बेसी झर्ने गरेका थिए । तर यो वर्ष चिसो छिटो बढेकाले मंसिरको सुरुवातमै बेसी झर्न थालेका हुन्।
यसरी बेसी झर्नेहरू साथमा वृद्ध,वृद्धा बालबालिका सहित सपरिवार भेडा, च्याङ्ग्रा र बस्तु भाउ समेत साथमा ल्याएर बाजुराको दक्षिणी भेगमा पर्ने बार्जुगाड सेरा, मालागाड, मनागाउकालाआम, अछामको साँफे बगर लगायका विभिन्न जङ्गली क्षेत्रमा ४ देखि ६ महिना सम्म बसोबास गर्ने गरेका छन्।
बेसी झर्ने क्रममा उनीहरू गन्तव्य नपुगुन्जेल नदी खोला, किनार र भेडा च्याङ्ग्राको चरन भएको ठाउँमा बास बस्दै अगाडि बढ्ने गर्दछन्। गन्तव्यमा पुगेपछि प्लास्टिकको पालभित्रयी परिवारको हिउँद बित्ने गर्दछ।
गाउँमा चिसो बढ्ने र पेट पाल्नपनि समस्याहुनेभएकाले औलतिर झर्नुपर्ने बाध्यता रहेको हिमाली भेगका भेडा पालक किसानहरूको गुनासो रहेको छ।