क्यान अध्यक्षमा बैतडीका चतुरबहादुर चन्द निर्विरोध निर्वाचित

बैतडी –नेपाल क्रिकेट संघ (क्यान) अध्यक्षमा बैतडीका चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । शनिबार भएको साधारणसभामा अध्यक्षका अर्का उम्मेदवार विनयराज भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि चन्द निर्विरोध निर्वाचित भएका बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए ।

यसअघि पनि उनी अघिल्लो कार्यकालमा क्यानको अध्यक्ष भएर काम गरेका थिए । अध्यक्ष चन्दसंगै उपाध्यक्षमा रोशन कुमार सिंह र कोषाध्यक्ष पदमबहादुर खड्कासमेत निर्विरोध निर्वाचित भएका छन् ।

लामो समयदेखि क्रिकेटको क्षेत्रमा काम गरिरहेका चन्दले बैतडी क्रिकेट संघको अध्यक्षका साथै क्षेत्र नं ६ बैतडीको अध्यक्ष भएर जिम्मेवारी सम्हालेका थिए । नेपाली क्रिकेटको विकासमा चन्दको महत्वपूर्ण योगदान रहेको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताए ।

चन्दको नेतृत्वमा रहेको क्यानले क्रिकेट क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान गर्ने विश्वास रहेको उनले बताए ।
क्यानको शीर्ष ४ मध्ये ३ पद निर्विरोध भएको हो । सचिव र सदस्यमा निर्वाचन हुने भएको छ । सचिवमा पारस खड्का र प्रशान्त विक्रम मल्लबीच निर्वाचन हुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार