मट्टितेल छर्केर आगो लगाएकी महिलाको मृत्यु

दार्चुला । दार्चुलामा आफ्नै शरिरमा मट्टितेल छर्केर आगो लगाएकी महिलाको मृत्यु भएको छ । गोकुलेश्वर अस्पतालबाट धनगढी लैजाने क्रममा शैल्यशिखर नगरपालिका–५ सेतकलाकी ४५ वर्षीया सुना साउँदको मृत्यु भएको हो ।
गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि सुनालाई थप उपचारका लागि धनगढी लैजाने क्रममा बैतडीको पाटन पुग्ने बेला उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं प्रवक्ता ज्ञानेन्द्रबहादुर सिंहका अनुसार आइतवार बिहान उनले घरमा कोहि नभएको बेला आफ्नै शरीरमा मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन्। घाइते साउँदको शरीरको घुँडाभन्दा माथिल्लो भाग जलेको थियो।
आगो लागेको स्थानीयले देखेपछि साउँदलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पुर्याएका थिए। साउँदले शरीरमा किन आगो लगाइन् भन्ने विषय खुल्न नसकेको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार