महाकाली नगरपालिकाले एक वर्षमा १८ वटा ऐन तथा कार्यविधि निर्माण

दार्चुला । जिल्ला सदमुकाम दार्चुलामा रहेको महाकाली नगरपालिकाले एक वर्षको अवधिमा १८ वटा ऐन तथा कार्यविधि निर्माण गरेको छ । आर्थिक वर्ष ०७९÷०८० मा ऐन, कार्यविधि, आचारसंहिता निर्माण गरेको हो । नगरपालिकाले आर्थिक ऐन २०७९, विनियोजन ऐन २०७९, शिक्षा ऐन पहिलो संसोधन २०७९, सामुदायिक विद्यालयको व्यवस्थापन समिति गठन कार्यविधि २०७९, स्रोत व्यक्ति व्यवस्थापन कार्यविधि पहिलो संसोधन २०७९, विपन्न सहायता तथा आर्थिक सहायता कार्यविधि २०७९ निर्माण गरेको छ । यस्तै नगर प्रहरी ऐन २०७९, महाकाली नगरपालिकाको कर्मचारी करार कार्यविधि २०७९, कर्मचारी आचारसंहिता नियमावली २०७९, महाकाली सम्बृद्धि कार्यक्रम सञ्चालन कार्यविधि २०७९, निर्माण गरिएको छ ।
जेष्ठ नागरिक, महिला, दलित, एवं बालबालिका माँझ उपप्रमुख कार्यक्रम सञ्चालन कार्यविधि २०७९, नगर योजना आयोग गठन तथा सञ्चालन ऐन २०७९, नगर युवा परिषद ऐन २०७९, उद्यम विकास संयोजक सेवा करार सम्बन्धि कार्यविधि २०७९, सहजकर्ता नियुक्ति तथा परिचालन कार्यविधि २०७९, स्वास्थ्य संस्था दर्ता अनुमति तथा नविकरण सम्बन्धि निर्देशिका २०७९, विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलान कार्यविधि २०८० तथा नगर शिक्षक व्यवस्थापन कार्यविधि २०८० निर्माण गरि राजपत्रमा प्रकाशित गरिएको नगरपालिकाका सूचना अधिकारी युवराज जोशीले जानकारी दिए ।

सम्बन्धित समाचार

ताजा समाचार