बझाङमा भूकम्पको धक्का महसुस

बझाङ । बझाङमा पुनः भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीवार बेलुका ९ बजेर १३ मिनेटमा बझाङ खिराताडी आसपास केन्द्रविन्दू भएर ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो। बुधवार पनि बझाङको बित्थडचिर गाउँपालिकाको सुनकुडा आसपास केन्द्रविन्दु भएर राति १२ बजेर ४ मिनेटमा ३.७ म्याग्निच्युडकोे भुकम्प गएको थियो।

सम्बन्धित समाचार

ताजा समाचार