डडेल्धुरा मेडिकल कलेजका लागि १६ उपप्राध्यापक र एक सहप्राध्यापक माग

डडेल्धुरा–सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायअन्तर्गतको डडेल्धुरा मेडिकल कलेजका लागि १६ उपप्राध्यापक र १ सहप्राध्यापक माग गरिएको छ । विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डिनको कार्यालयले शुक्रबार करार सेवामा लिने गरी सहप्राध्यापक र उपप्राध्यापक पदमा दरखास्त आह्वान गरेको हो । सहप्राध्यापकतर्फ माइक्रोबायोलोजी विषयमा एक जना माग गरेको विश्वविद्यालयले प्याथोलोजी, एनाटोमी, पब्लिक हेल्थ, फार्मेसीलगायत विषयको अध्यापनका लागि १६ उपप्राध्यापक माग गरेको छ । विश्वविद्यालयले आगामी भदौ १५ गतेसम्म अनलाइनमार्फत आवेदन दिन योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार