‘कमजोरी सच्याएर अघि बढ्छौ’ उपप्रमुख विष्ट

दार्चुला । महाकाली नगरपालिकाका नगर उपप्रमुख दुर्गा कुमारी खत्री विष्टले योजना निर्माण भएका कामहरुलाई सिकाईको रुपमा लिएको बताएकी छिन् । । महाकाली नगरपालिकाको आयोजना तथा दार्चुला विकास संगठन अन्तर्गत सञ्चालित सारथी एफएम ९०।७ मेगाहर्जको सहजीकरणमा भएको अन्तिम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले हरेक योजनाहरुको अनुगमन गरेर अघि बढेको बताइन् ।
‘योजना अनुगमनको पाटो मेरो जिम्मेवारीमा छ,’ उनले भनिन्, ‘सकेसम्म हरेक योजना हेरेर सिफारिस गरेकी छु ।’ प्राविधिक विषयमा केही ठाउँमा समस्या आएको स्वीकार गर्दै उनले भनिन्, ‘प्राविधिक पाटोमा भएका समस्यामा क्षमापार्थी छौ । यस्ता कमजोरीहरुलाई सच्याएर आगामी दिनमा अघि बढ्छौ ।’
नगरपालिकाको विकासको लागि सबैसँग हातेमालो गरेर अघि बढ्न आफु तयार रहेको उनले बताइन् ।

सम्बन्धित समाचार

ताजा समाचार