गाँजा खाएर बालेन साहले जथाभावी लेख्ने गरेका छन्, यसले गम्भीर परिणाम ल्याउँछ प्रदीप यादव

काठमाडौं । जसपाका प्रमुख सचेतक प्रदीप यादवले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको आलोचना गरेका छन् । यादवले गाँजा खाएर जथाभावी लेख्ने र स्टण्टबाजी नगर्न साहलाई सुझाव पनि दिए । मेयर साहमाथि बेला बेला गाँजा खाएर जथाभावी बोल्ने गरेको आरोप लाग्ने गरेको छ ।

संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै यादवले संविधान र कानुनअन्तर्गत मेयर पदमा पुगेको व्यक्तिले नै कानुनी शासन मान्दिन, अदालत मान्दिन भन्नु गलत भएको यादवले बताए । अभिव्यक्ति सच्याएर अघि बढ्न उनले सुझाव दिए । अदालतको निर्णय मानेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । फैसन डिजाइनरले मुलुक नचल्ने यादवले तर्क गरे । भारतको खाली गरेर सस्तो लोकप्रियता हासिल गर्नु फैसन डिजाइन भएको बताए ।

ग्रेटर नेपालको नक्सा राख्नु, आदिपुरुष फिल्मको सम्वाद संशोधन भइसक्दा पनि सबै हिन्दी फिल्म चल्न दिन्न भन्नु सस्तो लोकप्रियता भएको बताए । ुभारतको गीत सुन्ने, गाँजा खाने, गाँजा खाएर कुरा गर्ने, गाँजा खाएको तालमा जे पनि बोल्ने रु अब कति नागरिकलाई मुर्ख बनाउने उनले प्रश्न गरे ।

बालेनले संरचना ध्वस्तमात्रै गर्दै हिँडेको, काम केही नगरेको, सस्तो लोकप्रियताका लागि स्टन्ट गर्दै हिँडिरहेको यादवको टिप्पणी ५ । भारतसँगको समस्या सम्वादबाट समाधान गर्नुपर्नेमा सस्तो लोकप्रियतामै सीमित भइरहेको बताए । ईपीजीमा सीमा क्षेत्रको ज्ञान नै नभएकालाई राख्दा अहिले समस्या भएको र त्यो लागु हुन नसक्ने जिकिर गरे ।

सांसद यादवले बालेनको राम्रो काममा समर्थन भए पनि ज्यादा स्टन्ट गरिररहेको भन्दै काममा ध्यान दिन आग्रह गरे ।

सम्बन्धित समाचार

ताजा समाचार