मालिकार्जुनको आँगनमा योग अन्तर मावि स्तरीय योग प्रतियोगिता तथा शैक्षिक अन्तरक्रिया

दार्चुला । “सवैको आगँनमा योग” भन्ने मुल नाराका साथ दार्चुलाको मालिकार्जुन गाउँपालिकाले अन्तर्राष्ट्रिय प्रोटकल अनुसारको योग तथा अन्तर माध्यमिक विद्यालय स्तरीय योग प्रतियोगिता र शैक्षिक अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ ।

योग दिवसको अवसरमा मालिकार्जुन गाउँपालिका क्षेत्र भित्र रहेका ११ वटा माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, योग शिक्षक, विद्यार्थी, पतन्जलि योग समिति जिल्ला कार्यसमिति तथा पतन्जलि योग सम्बन्धि विभिन्न जिम्मेवारीमा रहेका पदाकारिहरूको संयुक्त उपस्थितिमा अन्तर माध्यमिक विद्यालय स्तरीय योग प्रतियोगिता तथा शैक्षिक अन्तरक्रिया कार्यक्रम उद्घाटन गरिएको मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामीले बताउनुभयो । शारीरिक र मानसिक रूपमा स्वस्थ र तन्दुरुस्त रहन योग अपरिहार्य रहेको उहाँले बताउनुभयो । मालिकार्जुन गाउँपालिकाले पछिल्लो समय सबै विद्यालयमा योग अभ्याससहितको शिक्षा प्रदान गरिरहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार