एजेन्सि । अमेरिकाको पहिलो हिन्दू–अमेरिकी सम्मेलन अमेरिकाको शक्तिको केन्द्र अमेरिकाको क्यापिटल हिलमा भएको छ । सम्मेलनको उद्धेश्य अमेरिकामा बसोबास गर्ने हिन्दू समुदायका समस्याप्रति अमेरिकी कानून निर्माताहरूको ध्यानाकर्षण गराउने हो। यो सम्मेलनलाई हिन्दूहरूको लागि अमेरिकी नाम दिइएको हो ।
प्राप्त जानकारी अनुसार वैदिक जप र प्रार्थनाको साथ अधिवेशन शुरु भएको थियो । यस क्रममा रोमेश जापराले भने, ‘हिन्दू मूल्य मान्यता हाम्रो अमेरिकी संविधानसँग पूर्णरुपमा जोडिएको छ भगवद् गीतासँग प्रतिध्वनित भएको छ, त्यसैले हामी हिन्दू अमेरिकीहरूलाई आवाज दिन समर्पित छौं ।’
यस हिन्दू सम्मेलनका संस्थापक तथा अध्यक्ष रोमेश जापराले यो सम्मेलन पहिलो पटक भएको बताए । राजनीतिक सहभागिताका लागि हिन्दू अमेरिकी सम्मेलन आयोजना भएको उनको भनाइ छ । ‘हाम्रो समुदाय सांस्कृतिक, सामाजिक, आर्थिक, धार्मिक र अन्य सबै क्षेत्रमा सक्रिय छ तर राजनीतिमा हामी धेरै पछाडि छौँ,’ उनले भने ।
हिन्दूहरूको लागि अमेरिकन सम्मेलन २० अन्य डायस्पोराहरूसँगै अमेरिकन फर हिन्दू राजनीतिक कार्यसमितिले आयोजना गरेको हो ।