रक्तश्राव बढेपछि सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्वार

दार्चुलाबाट एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । लेकम गाउँपालिका वडा नम्बर २ की ३३ वर्षीया पार्वती सार्कीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट महिलाको थप उपचारको लागि कर्णाली प्रादेशिक अस्पताल सुखेर्त लगिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिह धामीले जानकारी दिए ।
हिजाँे दिउँसो गराडी स्वास्थ्य चौकीमा बच्चा जन्माएकी महिलालाई उच्च रक्तश्रावको समस्या देखिपछि हेलिकप्टरमार्फत उद्धार गरिएको उनले बताए ।

सम्बन्धित समाचार

ताजा समाचार