किसानलाई भैसी

मालिकार्जुन गाउँपालिकाले पालिकालाई दुध तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउन किसानलाई भैसी वितरण गरेको छ । भैसी पालक किसानलाई दुग्ध उत्पादनतर्फ प्रोत्साहित गर्न २० वटा मुर्रा जातको ब्याउने भैँसी वितरण गरेको हो ।
पालिकाले भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुला संगको सहकार्यमा सञ्चालित भैसी प्रवर्द्धन कार्यक्रम अन्तरगत वडा नम्बर २ र ३ का २० जना किसानहरुलाई भैसी वितरण गरेको हो ।
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाको ५० प्रतिशत,मालिकार्जुन गाउँपालिका २५ प्रतिशत र स्थानीय मालिकार्जुन भगवती कृषक समुहको २५ प्रतिशत स्वलगानीमा कंचनपुरको बेलैरीमा रहेको सिद्धबाबा गाई भैँसी फार्मबाट प्रतिगोटा एकलाख २० हजारका दरले भैँसी खरिद गरि पालिकाले स्थानीय किसानलाई वितरण गरेको हो ।

सम्बन्धित समाचार

ताजा समाचार