बन्यो टिंकर जान नेपालबाटै गोरेटो बाटो

डेढ दशकदेखि अवरुद्ध रहेको व्याँसको छाङ्गरु टिंकर जोड्ने गोरेटोबाटो पुर्ननिर्माण गरिएको छ । व्याँस गाउँपालिका–४ सुनसेरादेखि छाङ्गरु टिंकरसम्म जोड्ने घोरेटो बाटो पुर्ननिर्माण गरिएको हो ।
संघीय मन्त्रालयको स्थानीय पूर्वधार विकास आयोजनाले कुल दुई करोड ९१ लाख रुपैयाँ लागतमा झण्डै २७ किलोमिटर क्षेत्रमा गोरेटो बाटो खोलेको हो ।
अहिले पूरानो गोरेटोबाटो भन्दा केहीमाथि गोरेटो बाटो निर्माण गरिएको आयोजनाका इन्जिनियर किशोर विष्टले बताए । ‘अहिले मान्छे र जनावर हिडाउनसम्म बाटो निर्माण गरिएको छ । तर सबै ठाउँमा दीर्घकालीन हुने गरि बाटो बनेको छैन् । भौगोलिक कठिनाई र भूवनोटले बाटो नियमित मर्मत सम्भार आवश्यक छ,’ उनले भने ।
अहिले पनि घाटीबगर, तम्बाकु, कल्जु, दुम्लीङ लगायतका क्षेत्रमा प्रभावकारी बाटो बन्न सकेको छैन् । अधिकांश ठाउँमा भारतको तर्फबाट काटिएको सडकका कारण नेपालतर्फको गोरेटो बाटो अवरुद्ध हुने अवस्था छ ।
सशस्त्र द्वन्द्वकालअघि दार्चुला सदरमुकाम खलंगाहुँदै व्याँसको छाङ्गरु टिंकर पुग्न नेपालकै गोरेटो बाटो थियो । तर गणतन्त्रको उपलब्धिसँगै नेपालको बाटो भएर निर्माण अवरुद्व भयो । व्याँसका स्थानीयले व्याँस जान भारतीय भूमिको प्रयोग गर्नुप¥यो । स्थानीयले पटकपटक आफ्नो भूमि भएर गाउँ जान पाउँ भने, तर बाटो कहिल्यै बनेन् ।
गत वर्ष पुष्पाञ्जली आरथी रिठेगाडा जेभीले घोरेटोबाटो मर्मतसम्भार गरेको हो । विगतको तुलनामा बाटो धेरै सुधार गरिएको छ, निर्माण व्यवसायी मानबहादुर वमले भने । हाम्रोतर्फबाट राम्रो बनाएका छौ । धेरै मेहनत गरेर धेरै ठाउँमा नयाँ ट्रयाक खुलाएर बाटो बनाइएको छ ।
पुरै क्षेत्रमा बाटो मर्मत गरिएको छैन् । अवरुद्ध भएको क्षेत्र र नयाँ खोल्नुपर्ने ठाउँमा सुचारु गरिएको छ । व्याँसको सुनसेरादेखि छाङ्गरुका विभिन्न स्थानमा आयोजनामार्फत गोरेटोबाटो मर्मत सम्भार गरिएको हो । बाटो निर्माणसँगै स्थानीयलाई आवत जावतमा सहज हुने अवस्था आएको उनले बताए ।
व्याँस गाउँपालिका अध्यक्ष मंगलसिह धामी व्याँसको छाङ्गरु टिंकरसम्म पुग्ने बाटो नियमित मर्मतसम्भारको गरेर प्रयोगमा ल्याउने तयारी गरिएको बताउँछन् । ‘‘पालिकाको तर्फबाट पनि बाटो बनाउँदैछौ,’ उनले भने, ‘भारतीय भूमि हैन् आफ्नै भूमि भएर छाङ्गरु टिंकर पुग्ने बाटो सुधार हुन्छ ।’
प्रमुख जिल्ला अधिकारी किरण जोशीले निर्माण व्यवसायी र आयोजनाको तर्फबाट व्याँसको छाङ्गरु टिंकर जोड्ने बाटो निर्माण पूरा भएको जानकारी प्राप्त भएको बताइन् । उनले भनिन्, अप्ठ्यारो अवस्थामा पनि निर्माण व्यवसायी र आयोजनाले नियमित निगरानी राखेर बाटो मर्मत सम्भार भएको छ । स्थानीयको लागि केही हदसम्म आफ्नै भूमि भएर हिड्न सक्ने बाटो निर्माण गरिएको छ ।
गाउँपालिकाले पनि घोरेटोबाटो बनाउँदै
संघीय सरकारको स्थानीय पूर्वाधार विकास आयोजनाले निर्माण गरेकै गोरेटो बाटोमा अहिले पुन ः व्याँस गाउँपालिकाले पनि घोरेटो बाटो निर्माण र मर्मत सम्भार थालेको छ । चालू आर्थिक वर्षमा गाउँपालिकाले छाङगरु टिंकरसम्मको बाटो खुला गर्ने नीति अनुरुप बाटो बनाउन थालेको हो ।
गाउँपालिकाले गत वैशाख १७ गते कुल दुई करोड १९ लाख रुपैयाँ लागतमा नमस्कार चादनी जेभीले ठेक्का सम्झौँता गरेको छ । ६० दिनभित्र निर्माण सक्ने गरी सुनसेरादेखि छाङ्गरुसम्म बाटो निर्माण सुरु गरेको छु, निर्माण व्यवसायी सर्पराज बडूले भने । समय निकै कम छ । तैपनि काम चलिरहेको छ ।
अहिले स्थानीय पूर्वाधार विकास आयोजनाले निर्माण गरेको बाटोभन्दा माथि गाउँपालिकाले घोरेटोबाटो निर्माण गरिरहेको गाउँपालिका उपाध्यक्ष बिनोदसिह कुवरले जानकारी दिए । आयोजनाले विगतको ठेक्काअनुसार महाकाली किनारैकिनार घोरेटोबाटो बनाएको छ । त्योबाटो बर्खामा प्रभावकारी पनि हुँदैन् उनले भने । पालिकाको तर्फबाट केही घुमाएर भए पनि दीर्घकाली हुनेगरी घोरेटोबाटो निर्माण थालिएको छ ।
दुम्लीङभन्दा माथि अहिले काम चलिरहेको छ । पालिकाले अनुगमन गर्न बाकी छ, कुवरले भने, टिंकरसम्मै घोरेटोबाटो निर्माणको काम भइरहेको छ ।
व्यासीको कुञ्चा सर्ला ?
व्याँस गाउँपालिकाले पहिलोपटक आफ्नै भूमि भएर आवतजावत गर्न गोरेटो बाटो निर्माणको काम थालेको छ । स्थायी रुपमा बाटो सञ्चालन गर्ने गरी बाटो निर्माण भइरहेको छ । व्यासको छाङगरु र टिंकरका स्थानीय छ महिना खलंगा र छ महिना गाउँ बस्ने गर्छन् । गत वैशाखमा हिमाल उक्लिएका सौका समुदाय मंसिरमा औल खलंगा झर्ने गर्छन् ।
पशुचौपायासहित उनीहरुको बसाइसराई (कुञ्चा) सर्ने गर्छन् । भारतले दुई लेन सडक सीतापूलसम्मै पु¥याएको छ । भारतबाट छाङ्गरु तिंकर पुग्न भारतीय प्रशासनको अनुमति लिनुपर्छ ।
स्थानीय दानसिह तिंकरी नेपालतर्फ राम्रो बाटो भए अधिकांश पशुचौपाया लिने स्थानीय नेपालकै बाटो आउने रुचाउने बताउँछन् । भारतबाट पशुचौपाया लिदा निकै सास्ती हुन्छ, उनले भने, आफ्नै भूमि भएर बाटो भए सहज रुपमा आवतजावत गर्न मिल्ने उनको भनाई छ ।

सम्बन्धित समाचार

ताजा समाचार