गणतन्त्र दिवस मनाइयो

१६ औँ गणतन्त्र दिवस दार्चुलामा पनि मनाइएको छ । गणतन्त्र दिवस जिल्ला समारोह समितिको आयोजना तथा महाकाली नगरपालिकाको समन्वयमा दिवस मनाइएको हो ।
जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनको अवसर पारेर यो दिवस मनाइएको हो ।
जनआन्दोलन २०६२÷०६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाइँदै आइएको छ ।
दिवसको अवसरमा सदरमुकाम खलंगामा प्रभातफेरि ¥याली निकालिएको छ । कर्मचारी, सुरक्षाकर्मी, विद्यार्थी लगायतको उपस्थितिमा ¥याली निकालिएको हो । दिवसमा जनसहभागिता भने थिएन् ।
यस्तै जिल्ला अस्पताल दार्चुलामा फलफुल वितरण गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख महादेव बडू कस्यप, प्रमुख जिल्ला अधिकारी किरण जोशी लगायतले अस्पतालमा रहेका विरामीलाई फलफुल वितरण गरेका हुन् ।

सम्बन्धित समाचार

ताजा समाचार