अपिहिमालमा पहिराे निरन्तर आउदै : परिवारलाई सुरक्षित स्थानमा सारियो

दार्चुला । पहिरोका कारण जोखिममा परेको भट्टार बस्तीका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले जानकारी दिए ।

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर १ काे भट्टारमा पहिराे राेकिएकाे छैन् । शुक्रबार बिहानदेखि खस्न थालेकाे पहिराे नराेकिएकाे हाे ।

पहिराे छिनछिनमा आउने क्रम राेकिएकाे छैन, अपिहिमाल गाउँपालिका-१ का मञ्जु लाेथ्यालले भनिन्, अहिले ५:३० बजेसम्म पनि पहिराे आइरहेको छ ।
पहाडबाट खसेकाे पहिराे भट्टार गाउँभन्दा पचास मिटरजति पर पुगेकाे छ । गाउँमा बनाएकाे सामुदायिक भवन छेउमै पहिराे पुगेकाे उनले जानकारी दिइन् ।

पहिराे खसेर चाैलानी नदि पुगेपछि दिउँसो केही बेर नदि थुनिएको थियाे । चौलानी नदी थुनेपछि बस्ती उच्च जोखिममा परेको छ।

पहिरोका कारण भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले जानकारी दिए । ‘१० परिवारलाई आफन्तको घरमा सारिएको छ, केहि आवश्यक टेण्टलगायतका सामाग्री उपलब्ध गराइएको छ’ अध्यक्ष बोहराले भने ।

उनका अनुसार पर्यटकीय पदमार्गमा ठूलो क्षति पुर्‍याएको छ । पहिरो झरिरहेकाले बस्ती जोखिममा रहेको समेत अध्यक्ष बोहराले बताए ।

पहिरोले चौलानी नदीको बहाव प्रभावित बनाएपछि नदी तटीय क्षेत्रमा बाढीको जोखिम बढेको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले बताए । नदीको बहाव प्रभावित भएकाले नदी किनारमा रहेका बस्तीका नागरिकलाई सतर्क रहन सचेत गराइएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचना जारी गर्दै नदीमा बाढीको जोखिम रहेकोले सतर्क रहन र तटीय क्षेत्रमा नजान भनेको छ।

चाैलानीमा बाध बाधियाे भने दार्चुलाको अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका र शैल्यशिखर नगरपालिकाका तटीय क्षेत्रमा सचेत गराइएको छ । खासगरी चमेलिया तटीय क्षेत्रमा आधादर्जन हाइड्रोपावर निर्माण भएका कारण प्रहरी प्रशासनले तटीय क्षेत्रमा सचेत गराएको हाे ।

सम्बन्धित समाचार

ताजा समाचार