दार्चुलाका ६ हजार घरधुरी अझै विद्युत सेवाबाट वञ्चित

दार्चुला । दार्चुला जिल्लाका करिब ६ हजार घरधुरीमा अझै विद्युत सेवा पुग्न बाँकी रहेको नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रले जनाएको छ। अहिले पनि केही स्थानीय तहमा विद्युतीकरणकाे काम चलिरहेकाे छ ।

नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रका प्रमुख रोशनकुमार ठाकुरका अनुसार २०८२/८३ को अन्त्यसम्म २३ हजार १७ विद्युत ग्राहक पुगेका छन्। २९ हजार घरधुरी रहेकाे दार्चुलामा अझै करिब ६ हजार घरधुरी राष्ट्रिय विद्युत सेवाको पहुँचबाहिर रहेका छन्।

ठाकुरका अनुसार गत आर्थिक वर्षमा मात्रै ३ हजार ७७ नयाँ ग्राहक थपिएका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ सम्म ग्राहक संख्या १९ हजार ९४० रहेको थियो।

हाल जिल्लामा २२ हजार ७०१ ग्राहकको नियमित मिटर रिडिङ भइरहेको छ। नयाँ जडान गरिएको मिटरको रिडिङ ४० दिनपछि सुरु हुने भएकाले ३१६ नयाँ ग्राहकको मिटर रिडिङ अझै सुरु हुन बाँकी रहेको प्रमुख ठाकुरले जानकारी दिए । तीमध्ये अधिकांश जेठ र असार महिनामा विद्युत जडान भएका घरधुरी हुन्।

अहिले पनि दार्चुलाकाे अपि हिमाल गाउँपालिकामा विद्युतिकरणकाे काम चलिरहेकाे छ ।

सम्बन्धित समाचार

ताजा समाचार