दार्चुला । भिमदत्त राजमार्ग अन्तरगत पर्ने डडेल्धुराको अमरगडी नगरपालिका-७ मा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । धनगढीबाट दार्चुलाकाे अपिहिमालतर्फ आउदै गरेको सु.प.प्र ०१ – ००१ ज १८५० नम्बरको बोलेरो जीप आज बिहान करिब २ बजे दुर्घटनामा परेकाे हाे ।

जीप दुर्घटना हुँदा अपि हिमाल गाउँपालिका नेपाली काग्रेस सभापति साेबन सिह लाेथ्याल र अपि हिमाल गाउँपालिका-१ का हनु लाेथ्यालकाे घट्नास्थलमै मृत्युु भएकाे छ भने चालकसहित ३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी भास्कर चन्दका अनुसार घाइते हुनेमा मार्मा गाउपालिकाका ५० वर्षीय अमरसिंह ठगुन्ना र अपिहिमाल गाउँपालिका-१ का वर्ष ३५ वर्षीय सरस्वती लोथ्याल रहेका छन् ।

यसैगरी जीप चालक बैतडीको डिलासैनी गाउँपालिका-२ का अमृत घरेडी पनि घाइते छन् । घाइते तीनै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
जीप सडकबाट करिब ४ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।












