दार्चुलाका तीन जना ब्राउन सुगरसहित कैलालीबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दार्चुलाको नौगाड गाउँपालिका–५ बस्ने १८ वर्षीय बसन्त सिंह ठगुन्ना, नौगाड गाउँपालिका–३ बस्ने २३ वर्षीय हरि सिंह ठगुन्ना र नौगाड गाउँपालिका–४ बस्ने २५ वर्षीय नरेन्द्र सिंह ठगुन्ना रहेका छन्। तीनै जनालाई कैलालीको धनगढी उपमहानगरपालिका–४ बाट अवैध लागूऔषध ब्राउन सुगर ४ ग्राम १६० मिलिग्रामसहित सोमवार दिउँसो सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र लागु औषध नियन्त्रण व्यूरो कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ।


दार्चुला नौगाडका तीन जना ब्राउन सुगरसहित कैलालीबाट पक्राउ





