प्रधानमन्त्रीसंगको छलफलमा सांसद ठगुन्नाले चार योजनालाई दिए प्राथमिकता

दार्चुला । प्रधानमन्त्री बालेन शाहसंग सुदूरपश्चिम प्रदेशका सांसदहरूसँगको छलफलमा दार्चुलाबाट निर्वाचित सांसद गणेशसिंह ठगुन्नाले चार योजनामा विशेष जोड दिनुएको छ । दार्चुलाको टिंकर र खण्डेश्वरी जोड्ने सडक, धनथला पुल र गोकुलेश्वर विमानस्थललाई प्राथमिकतामा राखेर आफुले प्रधानमन्त्रीसंग ब्रिफिङ गरेको सांसद ठगुन्नाले बताए।

प्रधानमन्त्रीसंग सांसद ठगुन्नाले नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–टिंकर सडकमा तत्काल केही रकम रकमान्तर गरेर काम सुचारु गर्नुपर्ने र नयाँ बजेटमा न्यूनतम ३० करोड बजेट विनियोजन गरिदिनुपर्ने माग राख्नुभएको छ । यस्तै गाउँपालिकाको केन्द्रसम्म सडकको पहुँच नभएको अपिहिमालको खण्डेश्वरीसम्म सडक निर्माणका लागि न्यूनतम २० करोड बजेट विनियोजन गर्नुपर्ने र देशभरीका सडकले जोडन बाँकी पालिकाको केन्द्रसम्म सडक निर्माण गरिनुपर्ने माग राखेको उहाँले बताउनुभयो । दार्चुला र बैतडीको सीमा नदी चमेलियामाथी धनथलामा मोटरेबल पुल निर्माणका लागि प्रयाप्त बजेट विनियोजन गरिनुपर्ने माग गरिएको छ । उक्त पुल तीन चार वर्षदेखी प्रक्रियामा भएर पनि छुटेकोले कम्तिमा १० बजेट बजेट विनियोजन गरिनुपर्ने माग राखिएको उहाँले बताए । यस्तै गोकुलेश्वर विमानस्थलमा निर्माण कार्य अधुरो रहेकोले निर्माण कार्य पुरा गरी सञ्चालनमा ल्याउनुपर्ने माग गरेको सांसद ठगुन्नाले बताए ।

अहिले चार वटा कुरा प्राथमिकताका साथ प्रधानमन्त्रीसंग माग गरेको र बाँकी समग्र क्षेत्रको विकासका लागि प्रधानमन्त्री र मन्त्री तथा सम्बन्धित मन्त्रालयसंग लिखित रुपमा योजनाहरु पेस गरेको उहाँले बताए। प्रधानमन्त्री शाहले विमानस्थलमा दैनिक उडान सम्भव भए नभएको विषयमा चासो राख्दा आफुले सिंगो दार्चुला, बैतडीको आधा भाग र केही भाग बझांगको समेत लाभाबिंत हुने भएकोले गोकुलेश्वर निमानस्थलमा दैनिक एउटा उडान ९फ्लाइट० सम्भव रहेको बारेमा जानकारी गराएको सांसद ठगुन्नाले बताए ।

प्रतेक सांसदलाई १०–१५ मिनेट समय दिएर प्रधानमन्त्री शाहले छलफल गर्नुभएको बताइएको छ । प्रधानमन्त्री शाहले अत्यन्त जरुरी आयोजनाहरूलाई प्राथमिकताका आधारमा अघि बढाउने प्रतिबद्धता जनाएको बताइएको छ।

सम्बन्धित समाचार

ताजा समाचार