रन्जु दर्शना १५ हजार ४५५ मत सहित विजयी

काठमाडौं १ मा प्रत्यक्षतर्फको मतगणना सकिएको छ । अब केहिबेरमा समानुपातिक तर्फको मतगणना सुरु हुनेछ । प्रत्यक्षतर्फको अन्तिम मत परिणाम अनुसार रन्जु दर्शना विजयी भएकी छन्। उनी १५ हजार ४५५ मत सहित बिजयी भएकी हुन्। यहाँ एमाले उम्मेदवारले एक हजार ६ सय १८ , काङ्ग्रेस उम्मेदवार प्रवल थापाले ६ हजार ३६४, राप्रपाका रबिन्द्र मिश्रले ३ हजार ९७२ मत ल्याए ।

यहाँ २९ हजार ७७४ मत खसेको थियो । कुल सदर मत २९ हजार ८२ र बदर मत ६९२ रहेको छ

सम्बन्धित समाचार

ताजा समाचार