दार्चुलासहित सुदूरपिश्चमका सबै निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

दार्चुला । आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको मत छपाइ सकिएको निर्वाचन आयोगले जनाएको छ । एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो ।

हालसम्म सुदूरपश्चिम प्रदेशका सबै १६ वटा निर्वाचन क्षेत्रसहित कर्णाली प्रदेश र कोशीका अधिकांस गरि ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको उहाँले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा समानुपातिक निर्वाचन प्रणाली तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनका लागि गत २२ पुसदेखि मतपत्र छपाइ सुरु भएको हो । पहिलो चरणमा १० लाख ९८ हजार २ सय नमूना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ ।

गत २६ पुसदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरी माघ १३ गते दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजुसमेत गरी ढुवानीको लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार