दार्चुला । मालिकार्जुन गाउँपालिकाले दुई जना महिला भलिबल खेलाडीलाई सम्मान गरेको छ । ११औँ राष्ट्रिय योग दिवसको अवसरमा मालिकार्जुन गाउँपालिका घर भएका २ जना महिला भलिबल खेलाडीलाई नगदसहित सम्मान गरेकाे हाे ।
गाउँपालिका अध्यक्ष हिरासिह धामीका अनुसार सुदूरपश्चिम प्रदेशको टोलीबाट राष्ट्रियस्तरको भलिबल प्रतियोगिता खेल्दै आएका महिला भलिबल खेलाडीद्धय गौरी धामी र महिमा धामीलाई नगद २५ हजार रुपैँया सहित सम्मान गरिएको छ ।
राष्ट्रिय स्तरका प्रतियोगितामा प्रतिनिधित्व गरिसकेका खेलाडीले गाउँपालिकाको गरिमा बढाएको अध्यक्ष धामीले बताए ।
गौरा र महिमा दुवै दिदिबहिनी हुन् ।







