अपिहिमाल गाउँपालिकाको २१ औँ गाउँसभा अधिवेशन सम्पन्न

दार्चुला । अपिहिमाल गाउँपालिकाको २१औँ अधिवेशन सोमबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष भक्तसिह ठेकरे बोहराको अध्यक्षतामा अधिवेशन भएको हो ।
अधिवेशनले चालु आर्थिक वर्षको विनियोजन ऐनमा आवश्यक संशोधन समेत पारित गरेको अध्यक्ष ठेकरे बोहराले बताए । गाउँसभाले नीतिगत तथा कानुनी व्यवस्थालाई समयसापेक्ष संसोधन गरिएको जनाएको छ ।
गाउँसभाले स्थानीय शासन, सेवा प्रवाह तथा विकासको कामलाई थप प्रभावकारी बनाउने उद्देश्य राखेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार