एनपीएल–२ पहिलो क्वालिफायरमा विराटनगरले टस जितेर पहिला फिल्डिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल सिजन–२ को पहिलो क्वालिफायरमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् । यो खेलमा जित निकाल्ने टोली फाइनलमा प्रवेश गर्नेछ । पराजित हुने टोली इलिमिनेटरको विजेता हुने टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ । इलिमिनेटरमा काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्स खेल्नेछन् ।

सम्बन्धित समाचार

ताजा समाचार