दार्चुला । कैलालीको अत्तरियाबाट प्रहरीले ७.५ किलाे चरेससहित चार जनालाई पक्राउ गरेको छ।
डिएसपी रणबहादुर चन्दको नेतृत्वमा खटिएको टोलीले शुक्रबार साँझ विशेष सूचनाको आधारमा नमस्ते अन्नपूर्ण होटेल अत्तरियाबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बझाङको छबिसपाथिभेरा–७ का २८ वर्षीय बमबहादुर धामी, छबिसपाथिभेरा–५ का ४२ वर्षीय जनक जाग्री, सुर्मा–३ का २५ वर्षीय अमृत बोहरा र दार्चुलाको महाकाली–२ का ५० वर्षीय रूपसिंह सितोली रहेका छन्।

उनीहरूको साथबाट एक थान डिजिटल तराजु समेत बरामद गरिएको प्रहरीले जनाएको छ।






