अपिहिमाल गाउँपालिका र सुदूरपश्चिम रोयल्सबीच खेल पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने सहमति

दार्चुला । नेपाल प्रिमियर लिग (एनपीएल) मा छुट्टै पहिचान बनाएको सुदूरपश्चिम रोयल्स र अपिहिमाल गाउँपालिकाबीच खेल पर्यटन प्रबर्दनमा सहकार्य गर्ने सहमति बनेकाे छ ।
गाउँपालिका अध्यक्ष भक्तसिह ठेकरे बाेहरा र सुदूरपश्चिमका राेयल्सका सिईओ प्रकाश खड्का बीच सहमति भएको हाे ।
भेटघाट कार्यक्रममा दुवै पक्षबीच सुदूरपश्चिम प्रदेशको खेल पर्यटन विकासमा दीर्घकालीन सहकार्य गर्ने समझदारी बनेको अपिहिमाल गाउँपालिका अध्यक्ष बाेहराले बताए ।
अध्यक्ष बाेहराका अनुसार अपि हिमाल गाउँपालिकामा निर्माण हुने हाई अल्टिच्युड क्रिकेट रंगशाला सम्तेली चौडमा निकट भविष्यमै अभ्यास खेल आयोजना गर्ने समझदारी भएको छ ।

यस्तै सुदूरपश्चिम रोयल्सका खेलाडीहरूलाई रिफ्रेसमेन्टकाे लागि अपिहिमाल बेस क्याम्प ट्रेकिङ गराउने विषयमा समझदारी बनेकाे छ । अपि हिमाल गाउँपालिकाले थालेकाे अपि पर्यटन प्रबर्दनकाे लागि खेलाडीसँगै अपिहिमाल क्षेत्रको प्राकृतिक सुन्दरताको प्रमोशन गर्न लक्ष्य गाउँपालिकाले लिएको छ ।

यस्तै अहिले चलिरहेको एनपीलकाे ट्रफी रोयल्सले जितेमा टिमलाई अपिहिमाल भ्रमण गराउने समझदारी भएको छ । यो सहकार्यले खेल पर्यटन क्षेत्रको समग्र प्रवर्द्धनमा महत्वपूर्ण माइलस्टोन बन्ने अध्यक्ष बाेहराकाे भनाइ छ ।

सम्बन्धित समाचार

ताजा समाचार