दार्चुला — व्यास गाउँपालिकाकाे आयाेजनामा दार्चुलामा अन्तरपालिका समन्वय बैठक बसेकाे छ । समन्वय बैठकमा ब्याँस गाउँपालिका, नौगाड गाउँपालिका, दुहुँ गाउँपालिका र अपि हिमाल गाउँपालिकाबीच अन्तरपालिका समन्वय बैठक बसेकाे हाे ।
जिल्ला समन्वय समिति प्रमुख महादेव बडू (कस्यप) काे प्रमुख आतिथ्यमा सम्पन्न बैठकले सामाजिक, सांस्कृतिक, भौगोलिक तथा विकाससँग सम्बन्धित विभिन्न विषयमा छ वटा महत्वपूर्ण निर्णय गरेको छ।
बैठकमा तीनै पालिकाबीच आपसी सहकार्य, सीमा क्षेत्रमा पर्ने सडक निर्माण, पदमार्ग विकास तथा पर्यटन प्रवर्द्धनका विषयमा संयुक्त रूपमा अघि बढ्ने सहमति गरेकाे छ।
व्यास गाउँपालिका अध्यक्ष मंगलसिह धामीकाे अध्यक्षतामा भएको बैठकले अन्तरपालिका बीचमा समन्वय गरेर अघि बढ्नुमा जाेड दिए ।
बैठकलाई सम्बाेधन गर्दै अध्यक्ष धामीले स्थानीय सरकार सञ्चालन ऐनकाे मूल मर्मअनुसार अघि बढ्नुपर्ने बताए ।
दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिह बडालले समन्वय बैठकमा सहभागी पालिकाहरू बीच विकास निर्माण, सांस्कृतिक सम्बन्ध एउटै रहेकाे भन्दै विकास निर्माणका कार्य पनि एकअर्कासँग जाेड्नु जरुरी रहेकाे बताए ।
नाैगाड गाउँपालिका अध्यक्ष दलजीतसिह धामीले सीमा जाेडिएका पालिकाहरूलाई पर्यटन प्रबर्दन गर्न पनि सहकार्य आवश्यकता रहेकाे ओैल्याए । हामीहरू बीचमा धेरै कुरामा समानता छ, उनले भने, काम गराईका अनुभव पनि समन्वय बैठकमा अनुभव आदानप्रदान गर्नुपर्छ ।
जिल्ला समन्वय समिति प्रमुख बडुले स्थानीय तहहरू बीच समय समयमा यस्ता समन्वय बैठक आवश्यक रहेकाे बताए । अहिले केही पालिकाहरू बीच उनले भने, अन्य पालिकाहरू बीच पनि बैठकहरू नियमित हुनुपर्छ ।
समन्वय बैठकले गरेका निर्णहरू यस्ता छन् ।










