अपिहिमाल गाउँपालिकामा २ दिने न्यायिक अभिमुखिकरण तालिम सम्पन्न

दार्चुला — अपिहिमाल गाउँपालिका न्यायिक समितिको आयोजनामा दुई दिने मेलमिलापकर्ता तथा न्यायिक समितिका पदाधिकारीहरूका लागि न्यायिक अभिमुखिकरण तालिम सम्पन्न भएको छ।

गाउँपालिका उपाध्यक्ष देवकी बाेहरा अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला न्यायाधीश भुवन गिरी र विशिष्ट अतिथि गाउँपालिका अध्यक्ष भक्त सिह ठेकरे बाेहरा रहेका थिए ।

तालिममा स्थानीय तहका न्यायिक कार्यमा संलग्न पदाधिकारी तथा मेलमिलापकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयाेजना गरिएको हाे।

कार्यक्रममा प्रशिक्षक जिल्ला न्यायाधीश भुवन गिरी रहेका छन् । न्यायाधीश गिरीले स्थानीय तहमा हुने विवाद समाधान, मेलमिलाप प्रक्रिया, न्यायकर्मीको आचारसंहिता तथा न्यायिक समितिको अधिकार–क्षेत्रबारे विस्तृत रुपमा प्रशिक्षण गरेका छन् ।

तालिममा वडा अध्यक्ष, न्यायिक समितिका सदस्य, मेलमिलापकर्ता तथा स्थानीय तहका कर्मचारीको सहभागिता रहेको थियो।

सम्बन्धित समाचार

ताजा समाचार