दार्चुला । दार्चुलामा चरेससहित एक जना पक्राउ परेका छन। जिल्लाको दुँहु गाउँपालिका वडा नम्बर ५ स्थित झोलुङ्गे पुलबाट सोही ठाउँका ५६ वर्षीय हर्कबहादुर बम चरेससहित पक्राउ परेको जल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी गौरव महतले जानकारी दिनुभयो ।

बमको साथबाट प्रहरीले शनिवार ४ सय ८० ग्राम चरेस फेला पारेको छ। जिल्ला प्रहरी कार्यालय, दार्चुलाको टोलीले उहाँलाई नियन्त्रणमा लिएको हो। घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।
