दार्चुलामा टि-टेन क्रिकेट प्रतियोगिता सञ्चालन हुने

दार्चुला – जनचेतनशील युवा क्लब महाकाली नगरपालिका -९, सकार तथा गाउँ घरकी सोराइको आयोजनामा क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । आगामी असोज १८ गतेदेखि सकार खेलमैदानमा सकार टि-टेन कप क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको हो ।


प्रतियोगितामा प्रथम हुने टिमलाई नगद पचहत्तर हजार पाँच सय ५५ तथा शिल्ड प्रमाण-पत्र, द्धितीय टिमलाई नगद पैतिस हजार पाँचसय ५५ तथा शिल्ड प्रमाण-पत्र प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै हरेक म्याचमा म्यान अफ द म्याच पाँच सय पाँच रुपैयाँ, उत्कृष्ट खेलाडी नगद पाँच हजार, उत्कृष्ट ब्याट्सम्यान नगद दुई हजार पाँच सय, र उत्कृष्ट बलरलाई नगद दुई हजार पाँच सय रुपैयाँ पुरुस्कार प्रदान गरिने भएको छ । प्रतियोगिता अवधिभर सबैभन्दा बढि छक्का प्रहार गर्ने खेलाडीलाई नगद तीन हजार पाँच सय ५५ रुपैयाँ पुरुस्कार राखिएको जनचेतनशिल युवा क्लवका अध्यक्ष धीरेन्द्रसिह धामीले जानकारी दिए ।

हरेक टिम दर्ता शुल्क आठ हजार पाँच सय ८५ रुपैयाँ राखिएको छ । टिम दर्ता यहि असोज १५ गतेभित्र गराइ सक्नुपर्ने छ ।

सम्बन्धित समाचार

ताजा समाचार