यस्तो छ दुहुँ गाउँपालिका दार्चुलाको बजेट (पूर्ण पाठसहित)

दुहुँ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२।८३ को लागि ३५ करोड ७५ लाख ७१ हजार ८ सय १६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलबार १६ औं गाउँसभामार्फत आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिएको हो ।
गाउँपालिका अध्यक्ष नरेन्द्र बहादुरसिंह बडालले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएसगै गाउँसभामामा बजेट प्रस्तुत भएकाे हाे ।
प्रस्तुत बजेटमध्ये १३ करोड १५ लाख रुपैयाँ चालु खर्चका लागि र ३८ लाख रुपैयाँ पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ । प्रदेश वित्तीय समानीकरण ७८ लाख ३२ हजार प्रदेश सवारी साधन करबाट २५ लाख ६४ हजार रुपैयाँ, प्रदेश समपुरक अनुदान १ करोड २५ लाख रुपैयाँ, सघिय समपुरक अनुदान १ करोड ३९ लाख अनुमान गरिएको छ ।
संघ र प्रदेशबाट प्राप्त हुने बजेटसहित गाउँपालिकाको अघिल्लो वर्षको मौज्जाद गरी कुल ३५ करोड ७५ लाख ७१ हजार ८ सय १६ रुपैयाँको बजेट सार्वजनिक गरिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार