दार्चुला । नेपाल भारत जाेड्ने खंलगा सीमा पुल बन्द भएकाे छ । धार्चुलाका कमलेश दानुका हत्यारा पक्राउ नपरेको भन्दै भारतीय अनुवाल समुदाय आन्दोलित भएका छन् । जुन ७ तारिखको दिन धारचुला बजारमा कमलेशको चक्कु प्रहार गरि हत्या गरिएको तथा घटनामा संलग्न ३ जनाविरुद्ध पीडित परिवारले एफआईआर दर्ता गरेको भएपनी हालसम्म प्रकाउ नपरेको भन्दै उक्त समुह आन्दोलनमा उत्रिएको हो ।
हिजो नै उक्त समुदायले नेपाल भारत जोड्ने सीमापुल बन्द गर्ने घोषणा गरेको थियो । सोही अनुसार आज विहान ११ बजेदेखि भारतपट्टीको गेट बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
