दार्चुलाका प्रमुख जिल्ला अधिकारीमा पाैडेल

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको सरुवा भएको छ । गृह मन्त्रालयले बिहीवार प्रमुख जिल्ला अधिकारी जोशीको सरुवा गरेको हो ।

२०८० चैत १२ गते जिल्ला प्रशासन कार्यालय दार्चुलामा हाजिर भएका प्रमुख जिल्ला अधिकारी जोशीको १२ महिना पछि गृह मन्त्रालय सरुवा भएको छ ।

जोशीको सरुवा सँगै उनको ठाउँमा काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेललाई जिम्मेवारीसहित पठाइएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार