सुदूरपश्चिममा भिटौला पर्व शुरू

सुदूरपश्चिममा भिटौला पर्व शुरू भएको छ । भाइबहिनीको प्रेम पर्वका रूपमा रहेको भिटौलामा विशेषगरी बैतडी, दार्चुला, बझाङ, कैलाली, कञ्चनपुर र सीमावर्ती भारतीय गाउँतिर बिहे भइसकेकी चेलीलाई माइती पक्षका दाजुभाइले भेट्ने चलन छ ।

चैत शुरू भएसँगै चेलीबेटीलाई माइतीले खानेकुरा लगेर भेट्ने गर्छन् । पुरानो पुस्तादेखि युवापुस्तासम्म यो संस्कृतिको निरन्तरता छ । भिटौलोमा माइतीले मीठा खानेकुरा र लुगाकपडा छोरीबहिनीको घरमा पुर्‍याउने चलन छ । माइतीबाट आएको कोसेलीलाई गाउँ छिमेकमा बाँड्ने चलन रहेको छ पहिले मानिस खेतीपाती र घरधन्दामा व्यस्त हुने, सञ्चारको साधन नहुँदा वर्षभरि सञ्चो बिसञ्चोसमेत थाहा हुँदैन थियो ।

भिटौलोमा स्थानीय परम्पराअनुसार सेलरोटी, खीर, मालपुवा, हलुवा, गुड, मिश्री, फलफूल र क्षमताअनुसार लुगा र गहनासमेत दिने चलन छ । पछिल्लो समय बजारबाट फलफूल, मिठाई, गुड लगेर दिने चलन छ ।भाइटीकामा दिदीबहिनी माइत जाने र चैतमा दाजुभाइले दिदीबहिनीको घर गएर भेट्ने चलन छ ।

सम्बन्धित समाचार

ताजा समाचार