दार्चुला । दार्चुलामा जिल्ला वन्यजन्तु अपराध नियन्त्रण एकाईको बैठक सम्पन्न भएको छ । शुक्रबार जिल्ला सदरमुकाम खलंगाको भावना सभाहलमा एकाई समितिको बैठक सम्पन्न भएको हो ।
वन्यजन्तु तथा अपराध नियन्त्रण गर्ने निकायहरुविच समन्वय र सहजिकरण गर्ने तथा जिल्लास्तरमा भएका कार्यको बार्षिक प्रतिवेदन केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण एकाइ र प्रदेश वन्यजन्तु अपराध नियन्त्रण एकाई समक्ष पेश गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको डिभिजन बन कर्यालय दार्चुलाले जनाएको छ । जिल्लामा वन्यजन्तु बाट हालसम्म चितुवाले पुशधनमा क्षति गरेको पाइएको छ ।

चितुवाले १३ वटा बाख्रा र ५ वटा गाईमारेको डिभिजन बन कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख लक्ष्मीराज जोशीले जानकारी दिनुभयो ।
जिल्लामा गत आर्थिक वर्ष २०८०÷०८१मा बन्यजन्तुबाट भएको क्षति बाफत रु ७ लाख ६० हजार रुपैयाँ राहात स्वरुप जिल्लाभरीका ४० घरीधुरीलाई वितरण गर्नुपर्ने देखिएको छ ।
जिल्लामा खासगरी मानव–वन्यजन्तु चितुवा र बँदेल बादर सँगको बढी द्वन्द्व हुने गरेको छ । डिभिजन बन कार्यालय दार्चुलामा चालु आर्थिक वर्षको हालसम्म अवैध रुपमा यार्सागुम्बा ओसार पोसार गरेको १ वटा मुद्धा दायर भएको छ । जसमा २ जना प्रतिबादी रहेका छन । डिभिजन बन कार्यालय दार्चुलाबाट १ हजार जनालाई रोजागरी सिर्जना भएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधिवक्ता, नेपाली सेनाका गुल्मपति, प्रहरी कार्यालयका जिल्ला प्रमुख, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, जिल्ला हुलाक, कारागार कार्यालयलगायत संञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । दार्चुला जिल्ला मानव–वन्यजन्तु द्वन्द्वका हिसाबले जोखिमयुक्त जिल्ला भएकाले पारिस्थितिक प्रणालीमा खलल पुग्ने किसिमका काम रोक्न सरोकारवाला सबै जुट्नु पर्ने प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीलेको भनाई छ ।






