दार्चुलाको उच्च पहाडी भेगमा आइतबारदेखि मौसममा आएको परिवर्तनसँगै जिल्लाको विभिन्न क्षेत्रमा हिमपात भएको छ । दार्चुलाको अपिहिमाल गाउँपालिका र व्यास गाउँपालिकाका विभिन्न स्थानसहित जिल्लाको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको हो ।
व्यास र अपिहिमाल गाउँपालिकामा हिमपात हुँदा जिल्लामा चिसो बढेको छ । हिमपातपछि दार्चुलाको अपिहिमाल गाउँपालिकामा सञ्चालन भएको अद्र्धबार्षिक परीक्षा रोकिएको छ । चिसोले विद्यार्थी बाहिर भित्र राख्न सकिने अवस्था नभएपछि सोमबारको परीक्षा रोकिएको खण्डेश्वरी माविका प्रधानाध्यापक झलकसिह धामीले जानकारी दिए । बिहानैदेखि विद्यालयमै हिउँ पुग्ने अवस्था आएपछि एक दिनको परीक्षा रोकिएको हो । हिमपातसँगै बढेको चिसोले अपिहिमाल क्षेत्रको जनजीवन प्रभावित भएको छ ।