नेकपा एमाले अपिहिमाल गाउँ कमिटीले विटुले–पारिबगड–खण्डेश्वरी–घुसा सडक खण्डको ट्रयाक दु्रत गतिमा खुलाउन आवश्यक बजेट विनियोजन गर्न आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन बुझाएको छ । नेकपा एमाले पोलिटव्यूरो सदस्य गणेशसिह ठगुन्नाको नेतृत्वमा अपिहिमाल गाउँ कमिटीले आइतबार प्रधानमन्त्री ओलीलाई ज्ञापन बुझाएको हो ।
सडक सञ्जालले नजोडिएको अपिहिमाल गाउँपालिका केन्द्रसम्म सडक विस्तारको लागि ज्ञापन बुझाइएको छ । अपिहिमाल गाउँपालिकाको केन्द्रसम्म सडकको पहुँच नहुँदा अपिहिमालबासी जनताले धेरै सास्ती भोग्नु परेको भन्दै ज्ञापन पत्र बुझाइएको छ ।
नेकपा एमाले अपिहिमाल गाउँपालिका कमिटीको मङ्सिर १ गतेको निर्णयअनुसार प्रधानमन्त्रीलाई ज्ञापन बुझाइएको छ । बिटुले–पारिबगर–खण्डेश्वरी–घुसा रणनीतिक सडकमा आवश्यक बजेट विनियोजन गरी दुर्त गतिमा ट्रयाक खोल्न ज्ञापन पत्रमा भनिएको छ ।
अपिहिमाल गाउँपालिकाबाट गएको टोलीले यसअघि अर्थमन्त्री र भौतिक मन्त्रीलाई भेटि ज्ञापन पत्र बुझाएको छ ।