दार्चुला । नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले बादविबाद प्रतियोगिता सम्पन्न गरेको छ । शुक्रबार आज महाकाली नगरपालिकाको वडा ८ धापमा रहेको मालिकार्जुन माध्यमिक विद्यालयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले बादविबाद प्रतियोगिता सम्पन्न गरेको हो ।
अनेरास्ववियु महाकाली नगर कमिटिले आयोजना गरेको माविस्तरीय बादविबाद प्रतियोगितामा नगर क्षेत्रभित्रका माविस्तरीय विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । १० औ संविधान दिवस २०८१को अवसरमा आयोजित माविस्तरीय बादविबाद प्रतियोगिता सम्पन्न भएको अनेरास्ववियु महाकाली नगर कमिटिले जनाएको छ ।
“सामाजिक संजालको प्रयोग समाजका लागि वरदान कि अभिशाप” शीर्षकमा आयोजित वादविवाद प्रतियागिता अनेरास्ववियु महाकाली नगर कमिटी उपाध्यक्ष देबेन्द्र सामन्तको अध्यक्षता एवं अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटी सदस्य सुनिता धामीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अनेरास्ववियु दार्चुलाका अध्यक्ष नरेन्द्र प्रसाद जोशीले जानकारी दिए ।
महाकाली नगरपालिका अन्तरगतका विभिन्न ६ विद्यालयका १२ जना प्रतियोगिहरुले आ—आफ्ना विचार व्यक्त गरेका छन । प्रतियोगि मध्ये मालिकार्जुन नमुना माबि धापका छात्र विराजमान बडू प्रथम,माबि धापकै छात्रा जेनी धामी द्वितिय र महेन्द्र नमुना माबि खलंगामा अध्ययनरत छात्रा ज्योती भट्टले तृतिय स्थान हासिल गरेको अनेरास्ववियु दार्चुलाका अध्यक्ष जोशीले बताए ।
प्रतियोगितामा प्रथम स्थान हात पार्ने नमुना माबि धापका छात्र विराजमान बडूलाई नगद रु २हजार ५०० र प्रमाणपत्र धापकै छात्रा जेनी धामीलाई नगद २हजार र प्रमाणपत्र तथा महेन्द्र नमुना माबि खलंगामा अध्ययनरत छात्रा ज्योती भट्टलाई नगद १हजार ५सय रुपैयाँर प्रमणपत्र वितरण गरिएको छ ।
कार्यक्रममा अनेरास्ववियु दार्चुलाका अध्यक्ष नरेन्द्र प्रसाद जोशी, उपाध्यक्ष कृष्ण धामी, कोषाध्यक्ष . खडक सिह ठगुन्ना, नेपाल बुद्धिजीवी परिषद दार्चुलाका अध्यक्ष एवं दार्चुला बहुमुखी क्याम्पसका उप–प्राध्यापक धाना धामी, मालिकार्जुन नमुना माबि धापका प्रधानाध्यापक सुन्दर सिह बुढाथोकी, राष्ट्रिय युवा संघ नेपाल महाकाली नगरपालिका संयोजक रबिन्द्र सिह धामीको विशेष आतिथ्यता रहेको थियो ।