संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दार्चुलाको मार्मामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको मार्मामा धमेन्द्र जोशीलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको हो ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा मार्मामा यसअघि पशु स्वास्थ्य शाखाका नन्दनसिह ठगुन्नाले निमित्तको रुपमा काम गर्दै आएका थिए ।
अझै दार्चुलाका शैल्यशिखर नगरपालिका, महाकाली नगरपालिका, लेकम गाउँपालिका, व्याँस गाउँपालिका र दुहुँ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत छैनन् ।
व्याँसमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा चन्द्रसिह कुवर, दुहुँ गाउँपालिकामा बीरसिह धामी, लेकम गाउँपालिकामा नारायणदत्त भट्ट रहेका छन् ।
यस्तै सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकामा नरसिह बडाल रहेका छन् भने शैल्यशिखरमा प्रमुख प्रशासकीय तोकिएको छैन् ।