निजामती सेवा दिवस २०८१ को अवसरमा दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँद पुरस्कृत हुने भएकी छिन् । उनलाई एक कार्यक्रमकाबीच दिवसको अवसरमा सम्मान गरिएको छ ।
सरकारले दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी साउँदसहित देशभरबाट ४० जना कर्मचारीहरुलाई पुरस्कृत गरेको हो ।
उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जना र निजामती सेवा पुरस्कारबाट ३० जना गरी ४० जना पुरस्कृत भएका छन् । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी साउँद निजामती सेवा पुरस्कारबाट ५० हजार रुपैयाँ सहित सम्मानित भएका छन् ।
यस्तै उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने १० जनालाई एक लाख रुपैयाँ नगद र अन्य ३० जना निजामती सेवा पुरस्कार पाउने कर्मचारीलाई ५० हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ ।
निजामती सेवा नियमावली २०५० को नियम ११६ क बमोजिम दुवै पुरस्कार दिन लागेको संघीय मामिला तथा तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।







