सदरमुकामस्थित रिङ्नेताल क्षेत्रबाट किशोरीले महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छिन् । बिहीबार दिउँसो नौगाड गाउँपालिका–४ सिप्टीकी १७ वर्षीया किशोरी ममता टमटाले रिङ्नेताल क्षेत्रबाट महाकालीमा हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहकाअनुसार गाउँबाट सदरमुकाम आमासँगै आइरहेकी किशोरी महाकालीमा हाम फालेका हुन् । के कति कारणले हाम फालिन् भन्ने बारेमा बुझ्ने काम भइरहेको उनले बताए ।
दुई बहिनी र दुई दाजुभाइ रहेकी टमटाको घरमा बुवा र दाइको पहिले नै निधन भइसकेको बेपत्ता किशोरीका आफन्तले बताएका छन् ।
महाकाली आसपासमा रहेका प्रहरी युनिटहरुलाई समेत बेपत्ता भएकी किशोरीको खोजी गर्न निर्देशन दिएको प्रहरीले जनाएको छ ।


महाकालीमा हाम फालेकी ममता भेटिएनन्,




