टेलिकमको रिचार्ज र प्याकेज खरिद आज राति ४ घण्टा बन्द हुने

काठमाण्डौ – नेपाल टेलिकमको ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा आज केही समयका लागि बन्द हुने भएको छ । टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नतिको काम गर्न लागेकाले आज राति ११ बजेदेखि झण्डै ४ घण्टा सेवा प्रभावित हुने भएको हो ।

टेलिकमले ग्राहक सेवा प्रणालीको स्तरोन्नतिको काम नियमित भएको जनाएको छ । यसबारे थप जानकारीका लागि १४९८ र १९८ मा डायल गर्न पनि नेपाल टेलिकमले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार