दार्चुला। दार्चुलामा जुवा खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेकाे छ। महाकाली नगरपालिका वडा नम्बर- ४ तिकर खेडा पिपलबाेट नजिकबाट जुवाडे पक्राउ परेका हुन् ।
एक हाेटलमा जुवा खेलिरहेको अवस्थामा उनिहरूबाट एक लाख २४ हजार आठ सय चालिस रूपैँयासहित पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । प्रहरीले विषेश सूचनाकाे आधारमा छापा हानेकाे हाे । उनिहरूमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
यसअघि प्रहरीले खलंगा टिकट काउन्टर नजिकबाट समेत जुवाडे पक्राउ गरेकाे थियाे ।


नगदसहित ६ जना जुवाडे पक्राउ




