महाकाली नदीमा हाम फालेर दार्चुलामा शनिबार बेलुकी एक जना महिला बेपत्ता भएकी छिन् । महाकाली नगरपालिका–५ रिङ्गलताल नजिकैबाट महिलाले महाकाली नदीमा हाम फालेका हुन् ।
बुलेकी ६ः२० बजेको समयमा अन्दाजी २२ वर्षकी महिलाले नदीमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । उनको खोजी कार्य भइरहेको छ ।


महाकालीमा हाम फालेर महिला वेपत्ता




