नौगाडमा टावर नआउँदा स्थानीय हैरानी खेप्दै

दार्चुला । नौगाड गाँउँपालिकामा नेपाल टेलिकमको नेटवर्क नहुँदा स्थानीय मार्कामा परेका छन् । नौगाड गाउँपालिका वडा नम्बर १ र २ मा टेलिकमको टावरमा समस्या आएको हो ।
स्थानीय मंगलसिह ठगुन्नाका अनुसार वडा नम्बर २ मा रहेको टावरको आधा भाग निकालेपछि समस्या भएको हो । विगत एक महिना देखि दिनमा मात्र टावर आउने गरेको स्थानीयले बताएका छन् ।
बर्षात सुरु भएसँगै बाढीपहिरो जस्ता प्राकृतिक दुर्घटना एवं उच्च जोखिममा रहेकोले नौगाड गाउँपालिका संचार सेवा सुचारू हुनुपर्ने स्थानीय कम्मान सिह ठगुन्ना बताउँछन् । स्थानीयले टेलिफोन टावर थप गरेर सेवा सुचारु गर्न माग गर्दै टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङलाई ज्ञापन पत्र बुझाएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार