दार्चुलामा लागूऔष दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस साताव्यापी मनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलामा बसेको जिल्लास्थित सरोकारवालाहरुको बैठकले उक्त निर्णय गरेको हो ।
लागूऔष दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस जुन २६ अर्थात असार १२ गते समापन हुनेछ । साताव्यापी कार्यक्रमअन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले सीमा नाकामा कडाईका साथ चेकजाँच गर्ने जनाइएको छ ।
महाकाली नगरपालिकाको समन्वयमा पाँचवटा विद्यालयमा लागूऔषध विरुद्धको कक्षाहरु सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए ।
स्थानीय तहहरुका नीति तथा कार्यक्रममा लागूऔषध विरुद्धको अभियानलाई दार्चुलाका नौवटै स्थानीय तहहरुलाई अनुरोध गर्ने, लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने निर्णय भएको छ ।


लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस साताब्यापी मनाइने




