दार्चुलाको नौगाडमा ७४ वर्षीया वृद्धले पाए घरमै नागरिकता

दार्चुला । दार्चुला जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर २ की ७४ वर्षीया गोबा देवी टमटालाई घरमै पुगरे नागरिकता प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाको घरदैलो सेवा कार्यक्रमअन्तर्गत प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले घरमै पुगेर नागरिकता प्रदान गरिएको हो ।
नौगाड गाउँपालिका अध्यक्ष दलजीतसिंह धामीको सर्जमिन र लाभग्राही टमटाका नाती बिमल राम टमटाको सनाखतमा उनलाई नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी जोशीेले जानकारी दिए ।
टमटा एकल महिला हुन् । नागरिकता नबन्दा उनले सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएकी थिइन् । नागरिकता प्राप्त गरे संगै उनले राज्यबाट पाउने सबै किसिमका सुविधाहरु प्राप्त गर्ने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको ।

सम्बन्धित समाचार

ताजा समाचार