दार्चुलामा ०७० सालको बाढिपछि भत्किएको कबर्डहल पुर्ननिर्माणको लागि बजेट विनियोजन भएपछि खेलाडि खुसी भएका छन् । लामो समयदेखि कबर्डहलको पर्खाइमा रहेका खेलाडीहरु बजेट विनियोजनपछि खुसी भएका हुन् ।
०७० सालमा कबर्डहल निर्माण अन्तिम चरणमा पुगेका थियो । लामो समयको प्रतिक्षापछि बन्दै गरेको कबर्डहल बाढिले बगाएपछि खेलाडीले इन्डोर गेम खेल्न पाएका छैनन् । अहिले खेलमैदान आधामात्रै बचेको छ ।
कबर्डहल पुर्ननिर्माणको लागि सघन सहरी तथा भवन निर्माण आयोजना डोटीमार्फत आगामी आर्थिक वर्षको लागि १ करोड बजेट विनियोजन भएपछि खेलाडि खुसी भएका छन् । नेपाल लोकतान्त्रिक खेलकुद संघका जिल्ला अध्यक्ष श्याम सिनाल निकै लामो प्रयासपछि कबर्डहलको लागि बजेट आउनु जिल्लाका खेलाडीको लागि खुसीको कुरा भएको बताउँछन् ।
उनले खलंगामा पत्रकार सम्मेलन गर्दै भने, ‘अब सबैले कबर्डहल कसरी पुर्ननर्माण गर्न सकिन्छ, त्यसतर्फ ध्यान दिनुपर्छ ।’ जेजति बचेको छ । त्यसलाई सदुपयोग गर्नुपर्छ । नयाँ ठाउँ खोज्ने भन्दा पनि भएकै ठाउँमा कबर्डहल व्यवस्थापनतर्फ लाग्नुपर्नेमा उनको जोड छ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानसिह बुढाथोकी जिल्लाको खेलकुद क्षेत्रको विकासका लागि सबैले सहयोग गनुपर्ने बताउँछन् । बजेट विनियोजन भएको छ । सबै मिलेर राम्रो कबर्डहल निर्माण गर्नुपर्छ ।
जिल्लाले थुप्रै खेलाडी उत्पादन गरे पनि राम्रो कबर्डहल नहुँदा समस्या झेल्दै आएका थिए ।


कबर्डहल पुर्ननिर्माणमा बजेट विनियोजन भएपछि खेलाडी खुसी




