दार्चुला । दार्चुलामा खोला तर्ने क्रममा बगेर बेपत्ता भएका दुबैजनाको शव फेला परेको छ । जिल्लाको मार्मा गाउँपालिका वडा–५ मुरै स्थित गन्याड खोला तर्ने क्रममा बेपत्ता भएका दुबैजनाको शव सोमबार विहान फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुला सूचना अधिकारी एव प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिहले जानकारी दिए । पानीको भेल आएपछि सोही ठाउँ बस्ने २५ वर्षीया झुपा टमटा र अम्मर टमटाका ६ वर्षीय छोरा ऐन बिक खोलाले बगाएपछि बेपत्ता भएका थिए ।दुवैजना नातामा काकी भतिजा पर्छन् ।
उनीहरुलाई खोज्दैजादा सोमबार आज विहान साढे ७ बजेतिर २ मिटर तल बासखोला भन्ने ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एव सूचना अधिकारी सिंहले बताए । घटना भएको केहीबेरमै इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी निरीक्षक दर्शन खड्काको कमाण्डको गएको प्रहरी टोलीले बेपत्ता भएका दुबैजनालाई खोज्न सफल भएको उहाँले बताउनु भयो ।
प्रहरीले यसबारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

खोला आसपास नयाँ सडक निर्माण भएको हुँदा ढुंगामाटो खोलामा समेत बताइएको छ । बेपत्ता दुबैजनालाई आफन्तको जिम्मा लगाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।






