दार्चुला । दुहुँ गाउँपालिकाका १९ बालविकास र १ सामुदायिक केन्द्रका गरी २० जना बालिविकास सहजकर्ताहरुलाई शैक्षिक सामग्री निर्माण तथा कक्षा कोठा व्यवस्थापन सम्वन्धि तालिम दिइएको छ । दुहुँ गाउँपालिकाको समन्वय, गुडनेवर्स इन्टरनेशनलको नेपालको अर्थिक सहयोग तथा सामुदायिक ग्रामिण विकास समाज नेपालको आयोजनामा एकीकृत सामुदायिक विकास परियोजनामार्फत तालिम दिइएको हो ।
प्रारम्भिक तहमा अध्यापन गराउने सहजकर्ताहरूको ज्ञान, सीप तथा शैक्षिक सामग्री निर्माण तथा प्रयोगमा क्षमता अभिवृद्धि गराइ व्यवस्थित र संगठित कक्षाकोठा बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो । बालबालिकाहरूलाई स्थानीय शैक्षिक सामग्री निर्माण तथा संकलन गरेर कक्षाकोठा सिकाई वातावरणमा सहजता ल्याउने आशा गरिएको छ ।
समुदायिक ग्रामिण समाज नेपालका टिमलिडर अशोकराज ओझाको अध्यक्षता तथा दुहुँ गाउँपालिका उपाध्यक्ष शान्ति बमको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा दुहुँ गाउँपालिका–४ का अध्यक्ष कृष्णसिह लोथ्याल पनि सहभागि थिए ।
कार्यक्रमको सहजीकरण नौगाड गाउँपालिकाका स्रोत व्यक्ति रामसिह बोहरा र उदयसिह बोहराले गरेका थिए । कार्यक्रम तीन दिन चलेको थियो ।


दुहुँमा बालविकास सहजकर्तालाई तालिम दिइयो





